समाज

सुन पक्ररणः महरालाई आजै अदालतमा उपस्थित गराइयो

इकागज |
चैत ५, २०८० सोमबार १६:८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै अदालतमा पेश गरिएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतमा हाजिर गराउन लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता हबिन्द्र बोगटीले इकागजलाई जानकारी दिए ।

केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो ।



Author

थप समाचार
x