दल

सरकारले पहिचानवादीको अपमान गर्‍यो, मागलाई बेवास्ता गर्‍यो : राजेन्द्र महतो

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:३२ बजे

काठमाडौँ- राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौँमा सांस्कृतिक प्रतिरोध गरेको छ ।

ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौँको माइतीघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो ।


प्रतिरोधका क्रममा विभिन्न समुदायले आफ्नो पहिचानसहितको सांस्कृतिक र्‍याली निकालेको थियो । सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान प्रदर्शन गर्ने क्रममा राज्यले गरेको हस्तक्षेप समग्र पहिचानवादीका अपमान भएको बताउनुभयो ।

उनले उक्त घटनामा दोषीलाई माफी मगाउनुपर्ने र क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई बेवास्ता गरेकाले सांस्कृतिक प्रतिरोध गर्नुपरेको धारणा राखे ।

यसअघि राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनका क्रममा विभिन्न धर्मावलम्बीमाथि राज्यले दमन गरेको भन्दै सांस्कृतिक प्रतिरोधको आयोजना गरेको बताइएको छ ।


Author

थप समाचार
x