समाज

त्रिशूलीमा ट्याक्सी खस्दा मृतक पाँच जनाको नाम खुल्यो, अझै एक बेपत्ता

इकागज |
चैत १७, २०८० शनिबार ९:२६ बजे

काठमाडौँ- काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए । 


उनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार थिए । अझै गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । 

र यो पनि


Author

थप समाचार
x