खेलकुद

अज्ञात व्यक्तिकाे मुक्का प्रहारबाट पूर्व सर्फर क्रिसको निधन

इकागज |
असोज १०, २०७९ सोमबार १३:२९ बजे

काठमाडौँ- मुक्का प्रहारबाट पूर्व अष्ट्रेलियन सर्फर क्रिस डेभिडसनको निधन भएको छ । सिड्नीको एक पबबाहिर एक व्यक्तिले उनको अनुहारमा मुक्का प्रहार गरेपछि क्रिसको निधन भएको बीबीसीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार ४५ वर्षीय क्रिसलाई अनुहारमा मुक्का प्रहार गरिनुका साथै उनलाई भित्तामा ठोक्काइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


हत्या आरोपमा एक ४२ वर्षीय व्यक्ति पक्राउ परेका छन् । क्रिसले सन् २०१० र २०११ मा विश्व सर्फिङ टूरमा सहभागिता जनाएका थिए ।


Author

थप समाचार
x