खेलकुद

बेन्जेमाले पेनाल्टीमा गोल गर्न नसक्दा मड्रिडले खेल्यो बराबरी

इकागज |
असोज १७, २०७९ सोमबार १४:३५ बजे

काठमाडौँ- करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनिस ला लिगामा रियल मड्रिडले १० खेलाडीमा सिमित भएको ओसासुनासँग बराबरी खेलेको छ । बर्नबेउमा भएको खेलमा मड्रिडले ओसासुनासँग १-१ को बराबरी खेलेको हो ।

८० औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्न चुकेका थिए । डेभिड गार्सियाले फल गरेपछि रातो कार्ड खाँदै ओसासुना १० खेलाडीमा सिमित भएको थियो ।  


त्यसअघि भिनिसियस जुनियरले ४२ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । तर किके गार्सियाले ५० औँ मिनेटमा ओसासुनाका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।


Author

थप समाचार
x