खेलकुद

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इकागज |
चैत ४, २०८० आइतबार १०:३६ बजे

काठमाडौँ- म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वार्टरफाइनलमा न्यूकासल युनाइटेडलाई २-० गोलअन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।


सिटीको जितमा दुवै गोल बर्नार्डो सिल्भाले गरे । उनले खेलको १३ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

सिल्भाले ३१ औँ मिनेटमा सिटीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।


Author

थप समाचार
x