खेलकुद

पलेसा गोवर्धन पेरिस पारा-ओलम्पिक गेम्सका लागि छनोट

इकागज |
चैत ४, २०८० आइतबार १४:१५ बजे

काठमाडौँ- नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन पेरिस पारा-ओलम्पिक गेम्सका लागि छनोट भएकी छन् । पारा-ओलम्पिक यसै वर्ष फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदैछ ।

चीनमा जारी पारा-ओलम्पिकको एसियाली छनोटअन्तर्गत पलेसाले के ४४ मा महिला ५७ केजीमुनी तौल समूहमा आइतबार स्वर्ण हात पार्दै पेरिस पारा-ओलम्पिकका लागि छनोट भएकी हुन् ।


पलेसाले फाइनलमा इरानीकी लेल्ला मिर्जाइलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्छ ।

पलेसाले यसअघि टोकियो २०२० पारा-ओलम्पिकमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।


Author

थप समाचार
x