खेलकुद

बंगलादेशका विकेट-किपर ब्याटर जाकरलाई अस्पताल लगियो

इकागज |
चैत ५, २०८० सोमबार १७:१२ बजे

काठमाडौँ- बंगलादेशका 'अनक्याप्ड' विकेट-किपर ब्याटर जाकर अलीलाई अस्पताल पुर्‍याइएको छ ।

घरेलु टोली बंगलादेश र श्रीलंकाबीच जारी तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा मैदानमै घाइते भएपछि जाकरलाई अस्पताल पुर्‍याएको क्रिकइन्फोले जनाएको हो ।


जाहुर अहमद चौधरी स्टेडियममा तस्किन अहमदको बलमा श्रीलंकाका प्रमोद मदुसानलाई क्याच आउट गर्ने प्रयास गर्दा जाकर अर्को फिल्डर अनामुल हकसँग ठोक्किन पुगेका थिए ।

त्यसपछि जाकरलाई स्ट्रेचरमा अस्पताल पुर्‍याइएको थियो । खासमा जाकर सौम्य सरकारको स्थानमा सब्सिच्यूट फिल्डरको रूपमा मैदानमा आएका थिए ।


Author

थप समाचार
x