खेलकुद

आईपीएलः राजस्थानले बैँग्लुरुको सामना गर्दै

इकागज |
चैत २४, २०८० शनिबार १२:२६ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैँग्लुरुको सामना गर्दैछ ।

राजस्थान र बैँग्लुरुबीचको खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा राजस्थानले खेलेका ३ वटै खेलमा जित हात पारेको छ । कलकता नाइट राइडर्सले पनि ३ खेल जितेको छ । तर नेट रनरेटमा भने कलकता शीर्ष स्थानमा रहँदा राजस्थान दोस्रो स्थानमा छ ।

यता बैँग्लुरुले भने खेलेका ४ मध्ये केवल १ खेलमा जित हात पार्न सफल भएको छ । बैँग्लुरु आठौं स्थानमा छ ।


Author

थप समाचार
x