शिक्षा

सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने

इकागज | मंसिर २१, २०७८

कर्णाली- मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए । 

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ ।रासस

करारलाई स्थायी गर्ने त्रिविको निर्णय बदर गर्न पूर्वउपकूलपतिको माग

इकागज | मंसिर २०, २०७८

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिले करार सेवामा कार्यरत उपप्राध्यापक र कर्मचारीलाई ...

मदरसामा बोरा ओछ्याएर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

इकागज | मंसिर २०, २०७८

काठमाडौँ - सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविध...

रामेछापको एक विद्यालयमा शिक्षामन्त्री पुग्दा शिक्षक नै भेटिएनन्..

इकागज | मंसिर २०, २०७८

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले रामेछापको एक विद्यालयमा निरीक्षण गरेका छन्...

प्राधिकरणले सार्वजनिक गर्‍यो 'आइओटी' र 'मेसिन टू मेसिन' नियमनको मस्यौदा

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - नेपाल दुरसञ्‍चार प्राधिकरणले इन्टरनेट अफ थिङ्स् (आइओटी) र मेसिन टू मेसिन (एमटूएम) नियमन...

ब्रिटिस कलेजमा ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कले...