स्थानीय तह निर्वाचन २०७९

म्याग्दीको मालिका अध्यक्षमा एमाले विजयी

इकागज | जेठ १, २०७९

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भइन् ।  

अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । 

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएक थिए । 

गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी भएका हुन् । १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ । 

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए । ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३÷३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ । रासस

नेपालगञ्ज उप-महानगरपालिका प्रमुखमा कांग्रेस, उप-प्रमुखमा समाजवादी अगाडि

इकागज | जेठ १, २०७९

काठमाडौँ- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन्...

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका मेजरकुमार राई विजयी

इकागज | जेठ १, २०७९

काठमाडौँ- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई नि...

थवाङ गाउँपालिकामा कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै माओवादीका बुढामगर निर्वाचित

इकागज | जेठ १, २०७९

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित...