स्थानीय तह निर्वाचन २०७९

पाेखरा महानगरमा आचार्यको छेउ–छेउ पुग्दै एमालेका थापा

इकागज | जेठ १, २०७९

पोखरा – पोखरा महानगरपालिकामा ८ सय मत गणना भएको छ ।

वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।

आचार्यले ३ सय ६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २ सय ८५ मत प्राप्त गरे ।

त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ५२ मत र स्वतन्त्रको लौरोले १९ मत ल्याएको छ ।  

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३ सय ६१ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २ सय ८२ मत प्राप्त गरेकी छन् । 

रोल्पामा लौरो चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी

इकागज | जेठ १, २०७९

काठमाडौं– रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रब...

काठमाडौं महानगरमा फराकिलो बनाउँदै बालेन, स्थापितभन्दा १ सय २३ मतले अगाडि

इकागज | बैशाख ३१, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले आफ्नो अग्रता फराकिलो ...