स्थानीय तह निर्वाचन २०७९

विराटनगर महानगरको मेयरमा कांग्रेसको अग्रता कायमै

इकागज | जेठ १, २०७९

विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्कीले गठबन्धनका अमरेन्द्र यादवलाई गणनाको सुरुवातदेखि नै पछि पारेकी छन् ।

मेयरमा कोइरालाले २ हजार ३४३ मत प्राप्त गरेका छन् । प्रत्यासी एमालेका सागर थापाले १७५० मत प्राप्त गरेका हुन् । उपमेयरमा कार्कीले १ हजार ८९६ मत प्राप्त गर्दा प्रत्यासी यादवले १ हजार ३२३ मत ल्याएका छन् ।

शनिबार बिहान १० बजेदेखि विराटनगर महानगरको मतगणना सुरु भएको थियो । वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना जारी छ । मतगणना ढिलाइ भएको भन्दै दलका प्रतिनिधिहरुले समेत असन्तुष्टि जनाइरहेका छन् ।

मतपेटिका खोलिएका ६ वटा वडाहरूको मत अलग अलग कोठामा गणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने मतपत्रको ढाँचाका कारण गणनामा ढिलाई भएको दाबी गरेको छ ।

चन्द्रागिरि नगरपालिका-२ को वडाध्यक्षमा माओवादीका तामाङ विजयी

इकागज | जेठ १, २०७९

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भाइकृ...

भरतपुरमा 'एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ' लेखेका दुई मतपत्र भेटिए

इकागज | जेठ १, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मतगणनामा एमसीसीविरुद्धको दुई वटा मतपत्र भेटिएको छ । मतपत्रमा 'एमसीस...