यस्तो छ इटहरी उपमहानगरमा कांग्रेसको अग्रता
काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका हेम कर्ण पौडेलले अग्रता कायम गरेका छन् । पौडेलले २६ सय ७२ ल्याएर पहिलो स्थानमा छन् । एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले १९ सय ३४ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौधरी मत ल्याएर पहिलो स्थानमा छिन् । उनले २ हजार ४८ मत पाएकी छिन् । दोस्रोमा रहेका एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ सय ३ मत ल्याएका छन् ।