पूर्वाधार

नगरपालिकाभित्रै छैन सडकको पहुँच

इकागज | मंसिर १०, २०७८

पाल्पा - जिल्लाको तानसेन नगरपालिकाकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ । खेतबारीमा उत्पादित तरकारी बजार पुर्‍याउन नै समस्या भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्थे । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती हुँदै आएको छ ।  यसमध्येकी उनी पनि ठूलो मात्रामा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् । 

तरकारी खेतीबाट वार्षिक रु तीन चार लाख आम्दानीसमेत हुन्छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटबल सडकखण्डको जहरेपिपलदेखि जमुना खर्चसम्म सडक नहुँदा यहाँ उत्पादित तरकारीलगायतका बस्तु निकासीमा समस्या नहटेको आलेको गुनासो छ । जहरेपिपलदेखि जमुनाखर्कसम्म झण्डै एक किलोमिटर पैदल हिँड्नसमेत सडक नभएको हो ।

खेतबारीमा तरकारी उत्पादन गर्न निकै मेहनत गर्नुपर्छ, उत्पादित तरकारी मानिसलाई बोकाएर लैजानुपर्ने गर्दा खर्च बढी हुन्छ, बजारमा समेत बिचौलियाले राम्रो मूल्य नपाइने समस्या रहेको आलेको गुनासो छ । गाँउबस्तीमा सडक आउँछ आउँछ भने पनि स्थानीयवासीले गाडी र फराकिला सडक देख्न सिद्धार्थराजमार्गअन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता हटेको छैन । 
 
स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले पाएपछि उत्साहित बनेका नागरिक बस्ती सडक नहुँदा अझै पनि पहुँचवालाले मात्रा योजना प्राप्ति गरेको गुनासो छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा पनि घन्कियो । तर, सडक नहुँदा लास घाटमा, विरामी र सुत्केरी महिलालाई अस्पताल पु¥याउन समस्या छ । सडक नहुँदा ढुङ्गामा टेकेर खेतका डिल तथा खोलाका किनारामा ज्यान जोखिमा राखी यात्रा गर्नुपर्छ । 

हामीलाई सडक चाहिन्छ भनेर पटक पटक भने पनि सडक नभएपछि खोलाको किनारा, खेतका डिलमा टेकेर बिरामी बोक्नुपर्ने समस्या रहेको स्थानीयवासी भीमबहादुर नेपालीले बताए । दलित, गरिब र पहुँचविहीनको कुरा स्थानीय सरकारले सुनिरहेकै छन् ।

सडक विस्तार गरी गाउँमा ल्याउन खोजिएको पहिरो सडकको काम पूरा हुन नसक्दा समस्या भएको हो । स्थानीय सरकारको यस वर्ष सडकको विस्तार गर्न बजेट विनियोजन गरिएको तानसेन नगरपालिका–१० का वडाध्यक्ष त्रिलोचन पौडेलले बताए । यस वर्ष नै बस्तीमा सडक सञ्जालले जोडेर गाउँलाई आवतजावतमा सहजता ल्याउने योजना रहेको वडाध्यक्ष पौडेलको भनाइ छ । यसपालिका काम पूरा नभए अर्को वर्ष पूरा गर्ने हुन्छ, वडाध्यक्ष पौडेलले बताए । 

वञ्चितीकरणमा परेका समुदायका बस्तीमा अझै विकास पूर्वाधार निर्माण हुन सकेको छैन । पहुँचवाला व्यक्तिका घरघरमा स्थानीय सरकारले सडक विस्तार गरेको छ तर, पहुँचविहीन नागरिकको टोल बस्तीमै सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको भरपर्दो सुविधा नहुँदा नागरिकले समस्या भोगिरहेका छन् । दलित अधिकारका लागि साँझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेलका अनुसार दलित तथा विपन्न समुदायको लक्षित गरी कार्यक्रम सञ्चालन आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार हुन सकेको छैन । 

दलित अधिकारकर्मीका अनुसार जिल्लाका अधिकांश दलित बस्तीमा सडक, खानेपानीमा अझै पनि पहुँच छैन । व्यावासयिकरुपमा कृषि उत्पादन गरी आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रम सञ्चालन हुन नसक्दा बेरोजगारीको समस्यामा कमी नदेखिएको हो । रासस 

तातोपानी नाका सहज रूपमा खुलाउन चिनियाँ पक्षसँग छलफल भइरहेको छः सभामुख सापकोटा

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सहज हुने बताएका छन् । उनले तातोपानी नाकाबाट आय...

'फास्ट ट्रयाक'बाट मेलम्चीको पानी छिट्टै काठमाडौँमा: मन्त्री चौधरी

इकागज | कात्तिक २२, २०७८

सिन्धुपाल्चोक- खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै काठमाडौँ पठाउने बताएका छन् । ...

ओलीको गृहनगरमा डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

इकागज | कात्तिक २२, २०७८

झापा - दमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी ...

नारूगौडा-जालेबगर सडक पुन: सन्‍चालनमा नआउँदा बझाङमा खाद्यान्‍न र औषधि अभाव

दीपक उपाध्याय | कात्तिक १७, २०७८

कैलाली - गत असोज ३१ गतेदेखि लगातार परेको बर्षाका कारण कात्तिक ३ गतेदेखि बझाङ अबरुद्ध बझाङ जोड्ने जयपृ...

सात वर्षमा पनि सडक नबनाएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण

इकागज | कात्तिक १५, २०७८

भक्तपुर - दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्द...

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

इकागज | कात्तिक ५, २०७८

काठमाडौँ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भए...