अनियमितता

विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार २८, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु रहेका छन् । 

विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरेको पाइएको अख्तियारले जनाएको छ । 

 

खेलकुद मैदान बनाउन नदिने विद्यालयका प्रअ र अध्यक्षमाथि भ्रष्टाचार मुद्दा

इकागज | असार २७, २०७९

काठमाडौं– एक विद्यालयका प्रधनाध्यापक र व्यवस्थापन समितिका अध्यक्षमाथि अख्तियार दुुरुपयोग अनुसन्धान आ...

आफ्नै बकपत्रविरुद्ध अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा भ्रष्टाचार मुद्दा

इकागज | असार २७, २०७९

काठमाडौं– भ्रष्टाचार मुद्दामा आफ्नै वकपत्रविरुद्ध विशेष अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा एक नर्...

मेसिन रोलर भएको कामलाई ज्यामीबाट गराएको देखाएपछि भ्रष्टाचार अभियोग

इकागज | असार २४, २०७९

काठमाडाैँ– पोखरीमा पार्क निर्माण गर्दा उपभोक्ता समितिसँग मिली मेसिनबाट भएको कामलाई ज्यामी गराएको...

मन्त्रीले अनियमितता गरेकाे घटनामा संसदीय छानविन समिति गठन

सुभाष कर्ण | असार २०, २०७९

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम विपरीत आफ्नो जिल्लामा रकम निकासा गर...