प्रदेश / स्थानीय सरकार

च्यातिएको पालभित्रको दसैं

‘पहिले जमरा पहेलो हुन्थ्यो, अहिले हरियो’

लक्ष्मी भण्डारी | असोज २८, २०७८
सुर्खेत - लिपपोत गरि चिटिक्क बनाएको घरको आँगनमा लटरम्म फुल, घरभित्र कुनामा पहेलो जमरा अंकुराएको छ । अनि आफन्तहरुको चहलपहलले दशैंको रौनक छाएको हुन्थ्यो । परदेश गएका आफन्तहरु आउने कुराले घरमा छुट्टै उमंग छाएको हुन्थ्यो । दसैंको लागि सबै परिवार बसेर मिठो खाने अनि राम्रो लगाउनको लागि पनि उत्तिकै जोहो भइसकेको हुन्थ्यो । सुर्खेत इत्राम खोला किनारमा रहेको सानै घरमा पनि श्रीमान् र छोराछोरीको साथ उमंगका साथ दशै मनाउँ...