प्रदेश / स्थानीय सरकार

भूमिगत तलासहितको ८ तले सुविधासम्पन्‍न भवन बन्‍ने

करिब ७० करोड लागतमा प्रशासनिक भवन बनाउँदै काठमाडौँ महानगर

इकागज | असोज २५, २०७८
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरे । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो ।  काठमाडौँ महानगको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोक...