प्रदेश / स्थानीय सरकार

गण्डकीको विकासमा सघाउन विश्व बैंक नेपाल निर्देशकसँग मुख्यमन्त्री पोखरेलको आग्रह

इकागज | भदौ २१, २०७८
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय पोखरामा सोमबार भएको उक्त भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताए । उनले विश्व बैकले नेपालको सबै क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त ग...