प्रदेश / स्थानीय सरकार

प्रदेश-१ मा एमाले विभाजनको असर

'आचार्यले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेस गर्छाैँ'

इकागज | भदौ १६, २०७८
विराटनगर - मुख्यमन्त्री भीम आचार्यको सरकारलाई सहजै गिराउने गरी १० जना सांसदको हस्ताक्षर सनाखत गराउन सफल भएका नेकपा (एकीकृत समाजवादी) का नेता एवं सोही पार्टीबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएका प्रदेश सांसद राजेन्द्र राईले आफू मुख्यमन्त्री पदकै लागि दाबेदार नभएको बताएका छन् । उनले सरकारको नेतृत्वको दाबीको कुरा नभए पनि प्रतिगमनविरुद्ध लागेका गठबन्धनबीच आगामी चुनावसम्म पनि सहयात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै...