प्रदेश / स्थानीय सरकार

रोजगारीको खोजी

छाक टार्न भारत भरोसामा कर्णालीका युवा

जितेन्द्र थापा | भदौ ११, २०७८
सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–१३ का नमन विश्वकर्मा २३ वर्षका भए । भारत नगए उनको रोजीरोटी चल्दैन । करिब पाँच वर्ष भारतको एक होटेलमा कुकको काम गरी समय बिताए । महिनामा २० देखि २५ हजार कमाउने कोरोनाका कारण उनको रोजगारी गुम्यो । रोजगारी गुमाएपछि स्वदेशमै केही गर्ने जोश–जाँगरका साथ नेपाल फर्के । उनी गाउँमा फर्केको पनि नौ महिना भइसक्यो । उनलाई परिवार पाल्न मुस्किल छ । घरको जेठो छोरो भएकाले पनि ...