प्रदेश / स्थानीय सरकार

विराटनगरका ठूला अस्पतालमा बिचौलियाको बिगबिगी

विराटनगर - विराटनगरका ठुला अस्पतालहरूमा उपचार गर्न पुग्ने बिरामी र उनीहरूका आफन्तलाई फकाएर अर्को अस्पतालमा पुर्‍याउने बिचौलियाको बिगबिगी बढेको छ । बिचौलियाले विभिन्न बहाना र प्रलोभनमा पारेर बिरामी र उनीहरूका कुरुवा आफन्तमाथि ठगी हुन थालेपछि सादा पोषाकका प्रहरीमार्फत बुधबारमात्रै १० जनालाई पक्राउ परेका छन् । अस्पतालको गेटसम्म नपुग्दै बिचौलियाहरूले अस्पतालको सेवा सुविधा राम्रो नभएको, कोरोना फैलिएको लगायतका त्र...