प्रदेश / स्थानीय सरकार

काठमाडौँ उपत्यकामा थपियो १६ गतेसम्म निषेधाज्ञा

इकागज | भदौ ८, २०७८
काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पुनः निषेधाज्ञा निर्णय गरेको हो । यस अघि प्रशासनले आज सम्म ( ८ गते) निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  जानकारी दिए । ...