प्रदेश / स्थानीय सरकार

गण्डकी कोभिड कोषः निकासा करोडौं, अनुगमन शून्य

अनिष भट्टराई | भदौ १०, २०७८
पोखरा -  गण्डकी प्रदेश सरकारले २०७७ जेठ ६ गते प्रदेशका विभिन्न अस्पताललाई आइसियु बेड खरिद र सञ्चालनका लागि झण्डै १४ करोड रुपैयाँ निकासा ग¥यो । जिल्ला अस्पतालहरुलाई कोभिड १९ को जटिलता व्यवस्थापनका लागि प्रदेशबाट कुल १३ करोड ७८ लाख ५३ हजार रुपैयाँ निकासा गरिएको थियो । सोही दिन धौलागिरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि १ करोड ६० लाख र अक्सिजन प्लान्टका लागि ६० लाख निकासा भएको थियो ।  संघीय स...