प्रदेश / स्थानीय सरकार

कांग्रेस महाधिवेशन

१३ जिल्लाको टुंगियो, मोरङमा अझै क्रियाशीलको किचलो

बाबुराम भण्डारी | भदौ १९, २०७८
विराटनगर - प्रदेश १ का १४ जिल्लामध्ये मोरङबाहेक क्रियाशील विवाद सुल्झिएका १३ जिल्लामा शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । मोरङमा भने क्रियाशील सदस्यता विवाद कायमै रहेको छ । पार्टीको क्षेत्रीय सभापतिसमेत भइरहेका व्यक्तिहरूको क्रियाशील सदस्यता कटाइएको तथा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा किचलो कायमै छ । जसका कारण मोरङको विवाद सुल्झिन असोज महिनासम्मै कुर्नुपर्ने संकेत देखिएको छ ।  नेपाली कांग्रेसल...