Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रदेश / स्थानीय सरकार

नेपालले ५ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेच्यो, १९ करोड ३७ लाखको किन्यो

इकागज | मंसिर ११, २०८०
झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबर...