प्रमुख समाचार

संसदीय छानबिन समितिको बैठक बस्दै

इकागज | असार ३१, २०७९

काठमाडौँ- आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ । बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेको बताएको थियो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

खाद्यान्न निर्यातका लागि युक्रेन-रूस वार्तामा के-के भयो ? यसो भन्‍छन् जेलेन्स्की

इकागज | असार ३१, २०७९

किभ- युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्कीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको ...

शेखर कोइराला भन्छन्- अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन्

इकागज | असार ३१, २०७९

जनकपुरधाम- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई...