प्रमुख समाचार

उपनिर्वाचन : इलाम-२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

इकागज | चैत २१, २०८०

इलाम- प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । 

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।    निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । रासस

कालोपत्रे गर्न लाग्दा पुरानो बानेश्वर सडकमा खाल्डो परेपछि काम रोकियो (भिडियोसहित)

इकागज | चैत २१, २०८०

काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वर चोकदेखि फ्रन्टलाइन हस्पिटलसम्म कालोपत्रे गर्न लाग्दा सडकमा खाल्डो परे...

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

इकागज | चैत २१, २०८०

काठमाडौँ- बुधबार बिहान ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूक...