प्रमुख समाचार

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै कांग्रेस सर्वोच्चमा

इकागज | चैत २७, २०८०

काठमाडौँ- गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यसअघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिरविपरीत गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

गण्डकी कृषि विकास निर्देशनालयका निमित्त प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा दायर

इकागज | चैत २७, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निम...

गृहमन्त्रीले दमन गरे, राजीनामा दिनुपर्छ : अध्यक्ष लिङ्देन

इकागज | चैत २७, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको...