प्रमुख समाचार

मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति

इकागज | चैत २५, २०८०

काठमाडौँ- ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको  आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे । आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । विद्युत् चुहिएर  आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ । 
 

आईपीएलमा आज दुई खेल

इकागज | चैत २५, २०८०

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल मुम्बई इण्डियन्स र...

संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानुन संशोधन गर्छौं : अर्थमन्त्री पुन

इकागज | चैत २४, २०८०

वीरगन्ज- अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन सं...