Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाई ७ दिनभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन

इकागज | बैशाख ६, २०८०

काठमाडौँ- गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाएपछि निर्वाचन आयोगले ताकेता गरेको छ ।  

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी  ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सूचनामा उल्लेख छ ।

निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनुपर्ने खर्च विवरण के कारणाले नबुझाएको हो ? र कारबाही  किन गर्न नहुने हो ? भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

काठमाडौँमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य पालना गर्नुपर्ने

इकागज | बैशाख ६, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्न...

वनको आगोले घर सखाप

इकागज | बैशाख ६, २०८०

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिकास्थित वनमा लागेको डडेलोबाट घरमा आगलागी भएको छ । बैशाख &nb...

कस्तो रहला आजको मौसम ?

इकागज | बैशाख ६, २०८०

काठमाडौं - हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाख...

औषधि विभागले नै ताला लगाएको सल्लेरीको फार्मेसीबाट खुलेआम औषधि बिक्री

इकागज | बैशाख ५, २०८०

सोलुखुम्बु - औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषध...