काेभिड-१९ बाट थप एकको मृत्यु, १०४ जनामा संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।