Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

गृहमन्त्रीविरुद्ध मिटरब्याज पीडितको प्रदर्शन

इकागज | बैशाख ५, २०८०

काठमाडौँ - गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटीकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकोले प्रर्दशन गर्नु परेको उनीहरूको भनाइ छ ।

सोमबार (हिजो) काठमाडौंको शान्तिवाटीकामा प्रहरीसँगको झडपमा परी उनीहरू घाइते समेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । 

उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । 

मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् ।

तातोपानी नाका खुल्नुअघि सीमा सुरक्षा बैठक : अपराध नियन्त्रण गर्न संयुक्त तालिम गर्ने, चेक प्वाइन्ट थप्‍ने

इकागज | बैशाख ५, २०८०

सिन्धुपाल्चोक- तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायब...

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

इकागज | बैशाख ४, २०८०

काठमाडौं - नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।...

मुख्यमन्त्रीले हटाएका प्रादेशिक अस्पतालका डाक्टरलाई अदालतले गर्‍याे पुनःस्थापित

सुभाष कर्ण | बैशाख ४, २०८०

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डाक्टर प्रमोद यादवलाई उच्च अदालत जनकपुरधामले पुन...