Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

समाजवादीका मन्त्रीलाई पनि पार्टी कार्यालयमा भेट्‌न पाइने

इकागज | बैशाख २, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ ।

सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताए । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो ।

आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र) ले पनि प्रधानमन्त्री र पार्टीबाट सरकारमा गएका मन्त्रीलाई पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने व्यवस्थाको गरिसकेको छ । 

मापदण्डविपरीत निर्माणले जानकी मन्दिर विश्व सम्पदा सूचीबाट वञ्चित

सुभाष कर्ण | बैशाख १, २०८०

जनकपुरधाम- मापदण्डविपरीत निर्मित संरचनाहरूले जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिर विश्व सम्पदा सूचीक...

चन्द्र भण्डारीको भिडियो शुभकामना सन्देश : चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु

इकागज | बैशाख १, २०८०

काठमाडौं। दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्द...

मधेश प्रदेश : मुख्यमन्त्री राउतले एक महिनामै गरे ५ अर्ब बढी रकमान्तर

सुभाष कर्ण | बैशाख १, २०८०

जनकपुरधाम- मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले एक महिनामा मात्रै स्वीकृत बजेटबाट ५ अर्ब ६...

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्‍न सकोस् : सभापति देउवा

इकागज | बैशाख १, २०८०

काठमाडौँ- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिएका छन् । लो...

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली

इकागज | बैशाख १, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै ...