Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

एसोसियट उपाध्यक्षमा संघई समूहकी ज्य‍ोत्सना श्रेष्ठ विजयी

इकागज | चैत ३०, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एसोसियट उपाध्यक्षमा ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन् ।रामचन्द्र संघई समूहका श्रेष्ठले ८४६ मत पाएर विजयी भएकी हुन् ।

श्रेष्ठका प्रतिष्पर्धी भरत आचार्यले ७८१ मत पाएका छन् ।

त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठ समूहका ढकालले ६१ मत पाएर विजयी भएका हुन् ।

ढकालका प्रतिष्पर्धी मनीषलाल प्रधानले ५२ मत पाए भने अर्का प्रतिष्पर्धी सुकुन्तलाल हिराचनले ७ मत ल्याएका थिए ।

त्यसैगरी जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । रामचन्द्र संघई समूहका वैद्यले ४३ मत ल्याएर जिल्ला नगरतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

वैद्यका प्रतिष्पर्धी अरुणराज सुमार्गीले ३७ मत पाएका थिए । त्यस्तै अर्का प्रतिष्पर्धी दिनेश श्रेष्ठले ३४ मत ल्याएका थिए । सुमार्गी अन्जन श्रेष्ठ समूहका हुन् भने श्रेष्ठ उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघई प्रतिस्पर्धामा छन् ।

र, यो पनि

काठमाडौँ महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

इकागज | चैत ३०, २०७९

काठमाडौँ- सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।   ...

मिर्चैया नगरपालिकाले दशकौँदेखि बसिरहेका स्थानीयको घर भत्काएपछि वडाबासी आन्दोलित

इकागज | चैत २९, २०७९

काठमाडौँ- सिराहाको मिर्चैया नगरपालिकाले पाँच दशकौँदेखि बसोबास गरिरहेका स्थानीयको घर भत्काएपछि व...

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्छन्- एमाले संसद् विघटन गर्ने दाउमा छ

इकागज | चैत २९, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको द...

सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो

इकागज | चैत २९, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्...

हर्क साम्पाङले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेललाई पठाएको पत्रमा के छ ?

इकागज | चैत २९, २०७९

काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन आग्रह गर्दै राष्ट्रपति रामचन्द्र...