Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

स्लोभाकियामा मासिक दुई लाख कमाई हुने सपना देखाएर १२ लाख ठगी

इकागज | चैत २८, २०७९

काठमाडौं– स्लोभाकियामा मासिक दुई लाख रुपैयाँ कमाई हुने आश्वासन दिदैं १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथर फाल्गुनन्द गाउँपालिका–३ का एकराज नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले स्लोभाकिया पठाउने भन्दै विजय लिम्बुसँग १२ लाख रुपैयाँ लिएका थिए । १५ लाख रुपैयाँ लाग्ने भन्दै उनले लिम्बुसँग पटकपटक गरी १२ लाख रुपैयाँ लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत सोमेन्द्र सिंह राठौरकाअनुसार एकराजले लिम्बुलाई स्लोभाकियामा मासिक दुई लाख रुपैयाँ कमाई हुने सपना बाँडेर ठगी गरेका हुन् ।
स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्ने लिम्बुले आश्वासन पाएका थिए । लिम्बुले पैसा दिएपछि एकराज रकम लिई सम्पर्कविहीन भएका हुन् । 

गोंगबुबाट पक्राउ गरेको उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ । 
 

नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको ...

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, चन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ । उद्योगी व्यवसायीहरूको छात...