प्रमुख समाचार

पेरिस ओलम्पिक २०२४ को छनोट

नेपाल–भियतनाम महिला फुटबल : सातौं मिनेटमा नेपाल २ गोलले पछाडि

इकागज | चैत २५, २०७९

काठमाडौं–काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल सुरु भएको छ । पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत भियतनामविरुद्धको पहिलो चरणको दोस्रो खेल सुरु भएको हो । 

खेलको पाँचौं मिनेटमा भियतनामले अग्रता लियो । त्यसको दुई मिनेटपछि नेपालले अर्काे गोल व्यहोर्नुपर्यो ।

आज नेपाली महिला राष्ट्रिय टोलीमा एक परिवर्तनसमेत भएको छ । आज नियमित जस्तै खेलाडी रश्मीकुमारी घिसिङ बेन्चमा छिन् । उनको ठाउँमा मुख्य प्रशिक्षक अनन्तराज थापाले विमला चौधरीलाई पहिलो रोजाइमा राखेका छन् ।

नेपाली टोलीको आक्रमण फरवार्ड सावित्रा भण्डारीसँगै विमला चौधरी र अमिषा कार्कीले सम्हाल्नेछिन् । मिडफिल्डबाट दिपा शाही, अनिता केसी र सरु लिम्बुले मिडफिल्डबाट थप साथ दिनेछन्् ।

यस्तै डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरेको जोडी मध्यभागमा हुनेछ । विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् । गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा नियमित छिन् ।

मिडफिल्डरद्वय रेनुका नगरकोटे र अनिता बस्नेतसँगै रश्मी कुमरी घिसिङ र सविता रानामगर वैकल्पिक खेलाडीको रुपमा छन् । फरवार्डको विकल्पमा रेखा पौडेल र निर्मला विक छन् ।

बेन्चमा अन्जना राना मगर र उषा नाथसँगै डिफेन्डर सिर्जना चेम्जोङ डेब्युको प्रतीक्षामा रहँदा पुजा राना र निशा थोकर पनि बेन्चमा छन् । 
नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको खाका १५ दिनभित्र पेश गर्न गृहमन्त्रीकाे निर्देशन

इकागज | चैत २५, २०७९

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र द...

राेकिएन कुखुराकाे मासु र अण्डाकाे तस्करी : व्यवसायीकाे एक खर्ब ६० अर्ब लगानी जोखिममा

इकागज | चैत २५, २०७९

काठमाडौं । भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी नराेकिँदा व्यवसायीहरूले खर्बाै&z...

प्रहरीलाई बालेनकाे चेतावनी : फुटपाथ मिचेर बनाइएकाे चाैकी हटाउनू, नत्र हामी भत्काउन बाध्य हुन्छाैं

इकागज | चैत २५, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भए...

संघीय सरकारमाथि मेयर बालेनको प्रहार : चीन र भारतले बनाएको सरकारको इज्जत गर्दिनँ

इकागज | चैत २५, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारमाथि खनिएका छन् । शनिबार बिहान फेसबु...

पुर्व गभर्नर क्षेत्रीको नेतृत्वमा वायुसेवा निगमको सुधारबारे अध्ययन गर्न समिति गठन

इकागज | चैत २५, २०७९

काठमाडौँ- सरकारले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि ...

सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ

इकागज | चैत २५, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने बताएका छन् । श...