Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

राराब क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध

सुभाष कर्ण | बैशाख ५, २०८०

जनकपुरधाम- जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का आन्दोलनरत कर्मचारीहरूले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गरेका छन् ।

बुधबार क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमा समेत प्रवेश निषेध गरेकाे प्रेस विज्ञप्ति जारी गरी उनीहरूले चेतावनी दिएका छन् । विभिन्न १३ बुँदे माग राख्दै कर्मचारीहरू विगत तीन दिनदेखि नेपाल प्रगतिशील कर्मचारी समूह, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल राष्ट्रिय कर्मचारी संगठन आबद्ध कर्मचारी तथा प्राध्यापकहरू आन्दोलरत छन् ।

क्याम्पस प्रमुख प्रदीपले आफूहरूको मागलाई बेवास्ता गर्दै गएपछि बाध्य भएर क्याम्पसमा प्रवेश निषेधसहितको दोश्रो चरणको आन्दोलनको घोषणा गर्नु परेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विमलकुमार ठाकुरले बताए । दोश्रो चरणको आन्दोलन अन्तर्गत क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी र उनलाई क्याम्पस परिसरमा प्रवेश निषेधको कार्यक्रमको घोषण संयुक्त रूपमा उनीहरूले गरेका छन् ।

पहिलो दिन आइतबार उनीहरूले धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका थिए । विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।

'गत चैत २४ गते १३ बुँदे संयुक्त विज्ञप्ति मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेवास्ता गरेपछि गत वैशाख ३ गतेदेखि पहिलो चरणको आन्दोलन गरेका थियौँ, तर क्याम्पस प्रमुखले कुनै चासो लिनुभएको छैन, बाध्य भएर दोश्रो चरणको आन्दोलनको हामीले घोषणा गरेका हौँ,' ठाकुरले भने ।

चितवन–२ र तनहुँ-१ मा समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने

इकागज | बैशाख ५, २०८०

काठमाडौँ- नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ-१ मा नेप...

विषयगत समितिमा दलीय हैसियतले एमालेको दाबी, सत्तापक्ष भन्छ - लेखा समितिबाहेक अरु दिन सकिन्न

इकागज | बैशाख ५, २०८०

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिको नेतृत्वका बिषयमा दलहरुले आन्तरिक छलफललाई तीव्रता दिएक...

पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ

इकागज | बैशाख ५, २०८०

पोखरा- नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ ...

भाइको फोटो देखाएर दाइसँग बिहे, वंश धान्‍न भन्दै देवरले गरे यौन शोषण

इकागज | बैशाख ५, २०८०

काठमाडौं । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गराएर वंश धान्न भन्दै देवरले बारम्बार बलात्का...

आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक  : प्रधानमन्त्री  प्रचण्ड

इकागज | बैशाख ५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊ...