वीर अस्पतालमा काेभिडविरुद्धकाे बुस्टर डाेज लगाउन लाइन (फाेटाेफिचर)
काठमाडाैँ – काठमाडौंका १७ स्थानबाट आजदेखि काेभिडविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिइरहेकाे छ ।
साेही क्रममा वीर अस्पतालमा काेभिडविरुद्धकाे बुस्टर डाेज खाेप लगाउन लाइन बसिरहेका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी अस्पताल र नाकासहित नाै वटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिन लागिएको हो ।
सरकारले आइतबारदेखि नै बुस्टर मात्रा लगाउन निर्देशन दिएको थियो ।