फोटो फिचर

फोटो फिचर

चाकु बनाउन व्यस्त टोखावासी

इकागज | पुस २५, २०७८

काठमाडौ - काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् । 

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना ९मंसिर र पुस० मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका  अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।  एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।

तस्बिर: न्युज कारखाना

 

धेरै शुल्क लिएपछि नोबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

बाबुराम भण्डारी | पुस २३, २०७८

विराटनगर - विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले&nbs...

मनमोहक लाङटाङ श्रृङ्खला

ममता लामा | पुस १९, २०७८

काठमाडौँ : लाङ्टाङ राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने प्रमुख आकर्षक पर्यटकीय क्षेत्र हो ...

एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँमा नेमकिपाकाे प्रदर्शन

अनुज बज्राचार्य | पुस १६, २०७८

काठमाडौँ ः नेपाल मजदुर किसान पार्टी नेमकिपाले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्...