रङ्गीचङ्गी काठमाडौँ
तिहारै आयो, लौ झिलिमिली (फोटो फिचर)
काठमाडौ - तिहार सुरु भएसँगै काठमाडौँ सहर झिलिमिली भइसकेको छ। काठमाडौँबासीका घरघरमा बत्तीको झिलिमिली छ । घरमा भुइँ तल्लादेखि छतसम्म नै विद्युतीय बत्ती जडान गरेर घरलाई झिलिमिली बनाइएको छ। तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ ।
आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा बालिएका विभिन्न किसिमका बत्तीले काठमाडौँ सहर पुरै कलरफूल भएको छ ।
काठमाडौँको बोसन डाँडाबाट इकागजकर्मी अनुज बज्राचार्यले कैद गरेका केही दृष्य: