५५ दिनपछि निषेधाज्ञा खुकुलो, यस्तो देखियो सडक र बजारमा चहलपहल (फोटो फिचर)
काठमाडौँ : आजबाट काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । कोभिड महामारीको संक्रमण रोकथाम र नियन्त्रण गर्न बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा ५५ दिनपछि खुकुलो बनाइएको हो ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको बैठकले केही प्रतिबन्धहरूलाई खुकुलो बनाउने निर्णय गरेको थियो । आजबाट जोरबिजोर प्रणालीमा निजी सवारी चलेका छन् भने बजारमा पनि पहलेभन्दा चहल पहल देखिएको छ ।