फोटो फिचर

सुनसान बागमती: देखिँदैनन् मलामी, सेनाको सलामीमै अन्त्यष्टि (फोटो फिचर)

इकागज | बैशाख २२, २०७८

काठमाडौँ : नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण तीब्र भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ । मंगलबार ५५ जना स्रक्रमितले ज्यान गुमाएकामा बुधबार(आज) ५८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो १२ दिनमा कोभिड कारण साढे तीन सय बढीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न पनि कठिनाइ हुन थालेको छ । मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ । मृत्यु भएकाहरूको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।

सुनसान जस्तो देखिने बागमती किनारमा आजभोलि दैनिक दर्जनौंको अन्त्यष्‍टि हुन्छ । त्यहाँ कोही मलामी देखिन्छन् न कोही आफन्त रोइकराई गरेको सुनिन्‍छ। बस नेपाली सेनाका जवानले सलामी दिन्छन् उनै मलामी बन्छन् र अन्‍त्‍यष्‍टि गरिन्‍छ कोभिड संक्रमणका कारण ज्‍यान गुमाएकाहरूको । 

तस्बिरः स्वरुप कोइराला

कोहीलाई विमानस्थलबाट बाहिरीन हतार, कोहीलाई प्रवेशद्वार मर्मत गर्न (फोटो फिचर)

बिनाज गुरुवाचार्य | बैशाख २१, २०७८

काठमाडौँ  : काठमाडौँ उपत्यकासहित देशका अधिकांश जिल्लामा कोभिड–१९ को संक्रमण बढिरहेको...

शान्त सडक, अशान्त समय

इकागज | बैशाख १८, २०७८

काठमाडौँ : निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं उपत्यका शून्यप्रायः बनेको छ । बिहीबारदेखि सुरु भए...

हिउँको बिस्कुनमा लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म (फोटो फिचर)

जेनजेन लामा | बैशाख १४, २०७८

काठमाडौँ : देश यतिबेला फेरि कोभिड-१९ ले लकडाउन हुने स्थितीमा पुगेको छ । सरकारले बैशाख १६ गतेदेखि क...

उपप्रधानमन्त्री पोखरेलद्वारा मनमोहनप्रति श्रद्धाञ्जली व्यक्त

इकागज | बैशाख १३, २०७८

काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिक...