फोटो फिचर

यसरी गरियो खुलामञ्‍च खाली (फोटोफिचर)

इकागज | फागुन ५, २०७७

काठमाडौँ : काठमाडौँको खुलामञ्च खाली गराइएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेका मानिसलाई हटाउनुका साथै अवैध रुपमा बनाइएका संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

खुलामञ्च छेउमा चिनियाँ कम्पनीले आफ्नो सामान राख्‍न बनाएको संरचना भने बाँकी छ । त्यो केही समयपछि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेकाहरुलाई हटाउन थालेपछि त्यहा बसेकाहरु आफ्नो सामान बोकेर बाहिरिएका छन् । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चमा रहेका संरचना हटाएपछि अब कार्यक्रम गर्न मिल्ने गरी खुलामञ्च खाली भएको छ । खुलामञ्चको मञ्च यसअघि जस्तै गरी कार्यक्रम गर्न मिल्ने भएको छ ।

नयाँ विकल्प नभएकाले बसपार्क भने खुलामञ्चकै छेउमा छ । यसअघि अतिक्रमित खुलामञ्च कार पार्किङमा परिणत भएको थियो । तर अब खाली गराएपछि खुलामञ्चमा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको उनले बताए । एक हप्तामा थप सरसफाई गरेर खुलामञ्च पहिलेकै स्वरुपमा सञ्चालन गरिने सापकोटाले बताए ।

 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले गरे वसन्‍त श्रवण (फोटो फिचर)

इकागज | फागुन ४, २०७७

काठमाडौँ  :  हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा मनाइने विद्याकी देवी स...

'माया त माया हो'

सरोज बैजु | फागुन २, २०७७

विवेकशील साझा पार्टीले प्रणय दिवसको अवसरमा माया साटासाट गरेको छ ।आइतबार ललितपुर दरबार परिसरमा आयोजि...

तस्बिरमा हेर्नुहोस् दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर‌)

सुजल बज्राचार्य | माघ २८, २०७७

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौँमा श...

प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशीलले गर्‍याे जुत्ता प्रदर्शन (फोटो फिचर)

सुजल बज्राचार्य | माघ २६, २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको छ । विवेकशीलले सोमबा...