फोटो फिचर

मेलम्चीको पानी चैतमा काठमाडौँवासीको धारामा छाड्‌न यसरी हुँदैछ काम (फोटोफिचर)

अंकुरसिंह थापा | माघ २६, २०७७

काठमाडौँ  : मध्य चैतमा काठमाडौं उपत्यकावासीको धारामा मेलम्चीको पानी छाड्ने तयारी गरिएको छ । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्छ । पानी भरेको २६ दिनपछि वितरण प्रणाली अन्तर्गतको उपभोक्ताको घरघरमा पुगेका पाइपमा पानी छाडिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताए । 

उनका अनुसार आगामी चैत १८ गतेसम्मा उपत्यकावासीको धारामा पानी आउनुपर्छ भन्‍ने अनुमान छ ।‘भौतिक संरचनागत हिसाबले अधिकांश पूरा भइसकेको छ, अब सुरुङमा पानी छिराएर परीक्षण गर्न मात्र बाँकी छ’ उनले इकागजसँग भने । करिब २६ ठाउँमा पानी आपूर्तिको परीक्षण पनि गरिसकिएको उनको दाबी छ । ‘उपत्यकाका एक सय ४६ सव डिष्ट्रिक मिटरिङ एरिया (पानी वितरण क्षेत्र) हरुमा परीक्षण गर्दै गर्दै लगिनेछ,' उनले भने 'त्यो नै वितरण पनि हुनेछ ।’

र, यो पनि
- मेलम्ची सपना लगभग पूरा हुँदै

सिंहदरबारअगाडि दाहाल-नेपाल पक्षका विद्यार्थीको प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य | माघ २५, २०७७

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपाको दाहाल-नेपाल पक्षको अनेरास्ववियूले आइतबार सिंहदरब...

यातायात क्षेत्रमा गैरकानुनी धन्‍दा गर्ने उद्यमी, हामी चाँही के ? (फोटोफिचर)

सुजल बज्राचार्य | माघ २४, २०७७

काठमाडौँ : नेपाल राष्ट्रिय ट्याक्‍सी व्यवसायी तथा चालक सेवा समाजले प्रदर्शन गरेको छ । शनिबार काठमाडौ...

सरकारविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाको विरोध प्रदर्शन (फोटो फिचर)

सुजल बज्राचार्य | माघ २४, २०७७

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्ड...

नारायणहिटीअगाडि ओली समूहको शक्ति प्रदर्शन(फाेटाे फिचर)

सुजल बज्राचार्य | माघ २३, २०७७

काठमाडौं : नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले नारायणहिटीअगाडि मध्याह्न १२ बजे ...