रातो कर माफ गर भन्दै माइतीघरमा युवाहरूको प्रदर्शन (फोटो फिचर)
काठमाडौँ - महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानीटरी प्याडमा सरकारले लगाउँदै आएको भन्सार महसुलको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । युथ कांग्रेसका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
माइतीघरमा उनीहरुले रातो कर, माफ गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे । स्यानिटरी प्याडमा लगाइएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । सरकारले प्याडमा लगाएको करको सामाजिक सञ्जालमा पनि चर्को विरोध हुँदै आएको छ ।