महिला तथा बालबालिकाका लागि अस्पताल बनाउँदै वीरेन्द्रनगर

इकागज | मंसिर २८, २०७९

सुर्खेत । वीरेन्दनगर नगरपालिकाले महिला तथा बालबालिकाका लागि पाँच शैयाको अस्पताल बनाउन लागेको छ । नगर अस्पताल परिसरमा महिला र बालबालिकाका लागि पाँच शैयाको अस्पताल निर्माणका लागि आज शिलान्यास गरिएको छ।

नगर प्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका हुन्। नगरपालिकाले सञ्चालन गरेको ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैयाँ सहयोगमा अस्पताल निर्माण सुरु गरिएको छ।

१५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको नगर प्रमुख ढकालले जानकारी दिइन्। भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञसहितको टोलीले नियमित उपचार सेवा प्रदान गर्ने ढकालले जानकारी दिइन् ।

कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ सांसदले प्रतिनिधित्व गर्दै

इकागज | मंसिर २७, २०७९

सुर्खेत- कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ जना सांसदले प्रतिनिधित्व गर्दै छन् । सबैभन्दा बढी सां...

कर्णाली प्रदेश सभामा होला त ३३ प्रतिशत महिला सहभागिता ?

लक्ष्मी भण्डारी | मंसिर २०, २०७९

सुर्खेत- समानुपातिकतर्फको मतगणना सकिएसँगै कर्णाली प्रदेश सभामा समानुपातिकमा उम्मेदवार को आउने भन्न...

कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने

इकागज | मंसिर २०, २०७९

काठमाडौं- कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

इकागज | मंसिर २०, २०७९

काठमाडौँ - कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । क...

कर्णालीमा विपद् व्यवस्थापन : समन्वय नहुँदा प्रतिकार्यमा समस्या

इकागज | मंसिर १९, २०७९

सुर्खेत- कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रति...