समाज

सूचकका आधारमा शौचालयहरूको वर्गीकरण गरिन्छ : प्रमुख प्रशासकीय अधिकृत परियार

इकागज | चैत १२, २०८०
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सार्वजनिक शौचालयको स्तर सुधार र पहुँच वृद्धि गर्न सहकार्य र सहयोग भइरहेको बताएका छन् । सूचकका आधारमा शौचालयहरूको वर्गीकरण गरिने उनको भनाइ छ । सार्वजनिक निजी साझेदारी एकाइले आयोजना गरेको सार्वजनिक शौचालयका सञ्चालकहरूसँगको छलफलका क्रममा यस्तो धारणा राखेका हुन् । ‘अहिले हामीले सर्वसाधारणलाई निःशुल्क शौचालय उपलब्ध गराउने संघ संस्था...