समाज

बम्जनका विश्वास पात्रको बयान : सुरेशकुमार आले थाइल्याण्ड गए, अर्का भन्छन् - दक्षिण कोरिया

इकागज | पुस २६, २०८०
काठमाडौँ- २०७२ साल जेठ पहिलो साताको कुरा हो । निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र रामबहादुर बम्जनको आश्रममा अनुयायीहरू मात्रै बस्थे । राष्ट्रिय वन कब्जा गरेको आरोपमा २०७० सालमा बम्जनलाई जंगलबाट प्रहरी, प्रशासन र वन सबै मिलेर लखेटेका थिए । लखेट्नुपर्ने कारण वन क्षेत्र कब्जा गरेको एउटा छँदैथियो । अर्को, बम्जनको तपस्या र ध्यान हेर्न मेला नै लाग्दा वन क्षेत्र मासिँदै अतिक्रमण बढ्न थालेको थियो । त्यहाँबाट ल...