समाज

आज दशैँको सातौँ दिन, घर-घरमा फुलपाती भित्र्याइँदै

इकागज | कात्तिक ४, २०८०
काठमाडौँ- बडादशैंको सातौं दिन अर्थात फुलपाती । आज बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्राउने चलन छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखु, केरा, बेलपत्र, दारिम, अशोक, धान र जयन्तीको बोटका साथै नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्राउने गरिन्छ । काठमाडौको वसन्तपुरमा गोरखा दरबारको...